रौतहटमा फर्निचर मेला सुरु
रौतहट । श्रीपञ्चमीको अवसर पारेर जयनगरमा प्रत्येक वर्ष लाग्दैआएको फर्निचर मेला यस पटक पनि सुरु भएको छ। चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा बुधवारदेखि फर्नीचर मेला सुरु भएको हो । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा जिल्लाको मध्य भाग गरुडा नगरपालिका १ जयनगरमा पछिल्लो एकदशक भन्दा बढी समय देखि फर्निचर मेला लाग्दै आएको छ।
मेलामा घरायसी प्रयोजनका साथै कृषिमा प्रयोग गरिने घरेलु यन्त्र काठको फर्निचर र फलामका विभिन्न सामग्री बिक्री हुने गर्दछन्। जिल्लाको धार्मिकस्थल शिवनगरमा श्रीपञ्चमी अवसरमा लाग्ने मेलामा मेला भर्न रौतहट, सर्लाही, महोतरी, बारा, पर्सा लगायत सीमावर्ती भारतका हजारौं भक्तजनहरू आउने गर्छन् ।
सोहीबेला उनीहरु फर्निचर मेलामा समेत आउने गर्दछन्। उक्त मेलामा साल, सिसम, टिक, आँप लगायत जातको काठ प्रयोग गरी बनाइएको बक्स पलङ सेट ,डाइनिङ टेबल सेट, कुर्सी, खाट, बेन्च, ढोका, ड्रेसिङ टेबल, झ्याल, दराज लगायतका सामान सस्तो मूल्यमा खरिद बिक्री हुने गर्दछ। त्यस्तै मेलामा फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगायतका सामग्री खरिद बिक्री हुने गरेको छ ।
आफ्नै काठ र आफैले फर्निचर बनाउने हुनाले तुलनात्मक रूपमा अन्य स्थानभन्दा उक्त मेलामा ल्याइने फर्निचर सस्तो मूल्यमा बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । तराई मधेशमा बिबाहमा काठको फर्निचर अनिवार्य रुपमा दिनुपर्ने चलन छ । त्यसैले त्यस्ता अभिभावकका लागि पनि जयनगर फर्निचर मेला सस्तो बजारको रूपमा स्थापित छ।
चैत महिनासम्म लाग्ने फर्निचर मेलामा यसपटक पाँच करोड रुपैयाँको कारोबार हुने आयोजक पक्षको लक्ष्य छ । गतवर्ष मेलामा चार करोड रुपैयाँको कारोबार भएको थियो । दशकौँदेखि शिवनगर महादेव स्थानसँगै लाग्दै आएको फर्निचर मेला २०६५ सालमा मन्दिरका महन्तसँग विवाद भएपछि त्यहाँबाट दुई किलोमिटर दक्षिण जयनगर चोकमा लाग्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारको सय दिनदेखि उपसचिव र डीएसपीको सरुवासम्म
-
बजेट अभाव हुन दिँदैनौँ, काम नगर्ने ठेकेदारको सम्झौता रद्द गर्नुस् : मन्त्री लम्साल
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण