‘रङ्गेली’का तस्बिरमा रोमान्टिक दयाहाङ र मिरुना
काठमाडौँ । दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको फिल्म हो ‘रङ्गेली’ । महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुन लागेको फिल्म अहिले प्रचार प्रसारमा छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकार दयाहाङ र मिरुनाको केही प्रेमील तस्बिरहरू सार्वजनिक गरेको छ । तस्बिरमा दुवै कलाकार रोमान्टिक मुडमा देखिएका छन् ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको दयाहाङ र मिरुना सहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको मुख्य भुमिका छ । हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्दमा गीत समेटिएको फिल्ममा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।
जीतेन्द्र खतिवडा, अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको फिल्मको संसार चौलागाईं, रमेश भट्टराई निर्माता र र युवक कार्की, शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । अमेरिकामा रेड कार्पेट प्रिमियर हुने बताइएको फिल्ममा अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका रिलिज हुनेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण