वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गर्दैछन् : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरूले खेल्ने कोसिस गरिरहेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले वितृष्णाको वातावरणमा खेल्ने कोसिसलाई राजनीतिक दलहरू र सम्पूर्ण नागरिकहरूले सामना गरेर अघि बढ्नको लागि एकतावद्ध हुन जरुरी रहेको बताए । उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबिच एकता रहेको बताए ।
उनले समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबिच एकता आवश्यक रहेको बताए । सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गरे ।
‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ । अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ । सहमतिबाट नै योजनाहरू बन्नुपर्छ’ उनले भने, ‘अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोसिस भइरहेको छ, यसलाई सामना गर्न मूलतः राजनीतिक दलहरूले र सँगै सम्पूर्ण नागरिकहरूले यसको सामना गरेर अघि बढ्नको लागि एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’
सभामुख घिमिरेले सरकारले संसदमा बिस्तारै बिजनेस दिइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण