माघमा थपियो २२ अर्ब ९७ करोड सार्वजनिक ऋण
काठमाडौँ । पछिल्लो महिना सरकारले २२ अर्ब ९७ करोड सार्वजनिक ऋण थपेको छ । यसअघिको मौज्दात सावाँ ब्याज भुक्तानीमा ३८ अर्ब ६६ करोड ६७ लाख रुपैयाँ खर्च गर्दैगर्दा सरकारले सोही महिना २२ अर्ब ९७ करोड ६ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको हो ।
कूल ऋणमध्ये आन्तरिकतर्फ २२ अर्ब रुपैयाँ र बाह्यतर्फ ९७ करोड ६ लाख रुपैयाँ उठाइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
योसँगै सरकारको कूल तिर्न बाँकी सार्वजनिक ऋणको आकार २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो महिना (पुस मसान्तसम्म) २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख भुक्तानी दायित्व बाँकी रहेकोमा पछिल्लो माघ महिनामा २ अर्ब २८ करोड ६७ लाख रुपैयाँ थपिएको हो ।
आर्थिक वर्षको भुक्तानी
चालु आर्थिक वर्षको ७ महिनामा सरकारले आन्तरिक र बाह्य गरी कूल १ खर्ब ५५ अर्ब २४ करोड ७२ लाख रुपैयाँ ऋण भुक्तानी गरेको छ । सोमध्ये साउनदेखि माघ मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ १ खर्ब ३० अर्ब ११ करोड ६७ लाख रुपैयाँ र बाह्यतर्फ २५ अर्ब १३ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
तर, यसैअवधिमा सरकारले २ खर्ब २ अर्ब ४३ करोड ऋण लिएको छ ।
भुक्तानी गर्ने भन्दा लिने ऋण थपिदैगर्दा सरकारमाथि दबाब सिर्जना भएको छ । चालु आर्थिक वर्षको बजेट व्यवस्थापनका लागि सार्वजनिक ४ खर्ब रुपैयाँ बराबरको ऋण लिने जनाएको सरकारले अपेक्षित ऋण नपाउँदैगदा अर्कोतर्फ दायित्व समेत थपिँदै गएको छ । जसले स्रोतमाथिको दबाबका कारण बजेट घटाउनुपरेको सरकारले बताएको छ ।
आर्थिक वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोडको कूल बजेटबाट सरकारले २ खर्ब २१ अर्ब कटौती गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण