रौतहटमा आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या
बिहीबार, ०३ फागुन २०८०, १७ : २५
रौतहट । रौतहटमा एकजना युवकले आफैँले बोकेको कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका छन्। जिल्लाको वृन्दावन नगरपालिका ७ धमौराका ४५ वर्षीय जयप्रकाश साहले कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका हुन्।
बिहिवार बिहान ९ बजेर ४५ मिनेटमा आफ्नो घरमै रहेको अवस्थामा जयप्रकाशले कटुवा पेस्तोलले आफ्नै छातिमुनी पेटको माथिलो भागमा एक राउण्ड गोली प्रहार गरेका थिए। गोली लागेर अचेत अवस्थामा उनलाई उपचारको लागि भरतपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओमा प्रकाश खनालले बताए।
उनले प्रयोग गरेको पेस्तोल प्रहरीले नियनत्रणमा लिएको छ। मृतकको शव पोष्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको डिएस्पी खनालले बताएका छन। घटनाको कारण बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण