कांग्रेस युवा नेताहरुले भने– महासमिति बैठक कर्मकाण्डी मात्र नहोस्
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाउन आग्रह गरेका छन् । पार्टीको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि महासमिति सदस्यहरूले शुक्रवार बोलाएको बृहत् भेलामा युवा नेताहरूले पार्टीका आन्तरिक समस्या, देशका राष्ट्रिय समस्या र जनजीविकाका सवालमा गम्भीर रूपमा बहस गर्नुपर्ने बताएका हुन् ।
राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरिएको कार्यक्रममा यही फागुन ७ गतेदेखि गोदावरीमा हुने महासमिति बैठकमा उठाउनुपर्ने विषयका साथै एजेन्डाहरूका विषयमा विशेष छलफल भएको छ । भेलामा नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले अब पार्टी पुरानै पाराबाट चल्न नसक्ने बताए ।
शाहीले भने, ‘यो परिणाममुखी र उपलब्धिमूलक हुनुपर्छ । अब पार्टीमा काखा पाखा हुनुभएन, नेताको नजिक भएको आधारमा होइन कि कामको आधारमा मूल्याङ्कन र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ। निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर, एउटा व्यक्ति मात्रै बारम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ ।’
कार्यक्रममा युवा नेताहरू देवराज चालिसे, मेदनी सिटौला, ऋषिराम घिमिरे, उज्ज्वल बराल, विनोद बान्तवा, बर्मा लामा, गोमा केसी, तारा कोइराला, नारायण भट्टराई, मैना कार्की, खगेन्द्र मल्ल, रिता शाही, बलबहादुर कुँवर,प्रेमिका राना,विजुल्ला बर्मा, धर्मेन्द्र नेम्वाङ,टेकराज पौडेल, रेखा यादव, विनोद खनाल, देवकी गौतम, मनोहरि श्रेष्ठ,नकुल अर्याल,मोतीलाल भण्डारी, ईश्वर पाठक, सुधांशु कोइराला लगायत सहभागीहरूले संसदीय निर्वाचनको २ वर्षअघि महाधिवेशन गर्न माग गरेका छन् ।
आम चुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनु पर्ने, महासमितिको बैठकबाट महाधिवेशनको कार्य तालिका घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका छन् । यसैगरी पार्टीका केन्द्रीय सदस्यहरु पनि वडा तहबाटै चुनिएर आउनुपर्नेमा सबैको जोड रहेको थियो।
त्यस्तै पञ्चायतदेखि गणतन्त्रसम्म सार्वजनिक पदमा बस्ने उच्च तहका कर्मचारीदेखि नेताको सम्पत्ति छानबिन आयोग गठन, विदेश पलायन, बेरोजगारी, आर्थिक अवस्था, जनताको दुःख पीडाका विषयमा सम्बोधन गर्ने गरी यी एजेन्डाहरूमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, दुई–दुई वर्षमा वडा अधिवेशन, जातीय/धार्मिक विवादमा पर्न नहुने, गठबन्धन गर्न नहुने, भातृ संस्थालाई प्रभावकारी बनाउन तत्काल महाधिवेशन गर्ने गरी पार्टीलाई मजबुत बनाउन सङ्गठन सुधारका लागि पनि महासमितिले विशेष पहल गर्नुपर्ने सहभागी नेताहरूले जोडदार रूपमा आवाज उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण