प्रहरी कल्याण कोषबाट २२ हजार लाभान्वित
काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा प्रहरी कल्याण कोषबाट २२ हजार ८३३ जना सहयोग गरेको छ ।
कोषको सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्य लाभान्वित भएका हुन् ।
नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर÷सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको केन्द्रीय प्रहरी समाचारमा जनाइएको छ ।
प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै अघि बढ्ने नीति तथा त्यसबाट प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि हुनका साथै समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने अपेक्षा कोषले गरेको समाचारमा उल्लेख छ ।
कोषले विद्यालयस्तरमा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षामा पनि छात्रवृत्ति, स्वास्थ्य तथा औषधोपचार अनुदान शैक्षिक कर्जा, ६ जना छन् । सामाजिक सुरक्षा, काजकिरिया खर्च, विवाह अनुदान, सहुलियत ऋण, घर निर्माण तथा मर्मतसम्भार कर्जा, चारपाङ्ग्रेरदुईपाङ्ग्रे सवारी साधन खरिद कर्जालगायत सुविधा प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण