चाहिन्न मलाई मलामी
सच्चा मनले बोल
उदार हृदयले मेरो अवस्था स्वीकार
दिन्नँ तिमीलाई केही दुःख जानी–जानी
त्यति गर्दा पनि बुझ्दैनौ भने
न आउनू मेरो मलामी ।
झुटो आँसु नदेखाउनू
नसम्झिनू मलाई
निस्वार्थ माया गर्दा पनि
कहिले जस नदिएपछि
मेरो मृत्यु शय्याको वरपर नआउनू
केही गल्ती नहुँदा पनि
बाचुन्जेल देख्न सक्दैनौ भने
लाखौँ बिन्ती गर्दा पनि
मलाई आफ्नो सोच्दैनौ भने
मेरो मृत शरीरलाई सान्त्वना नदिनू ।
कहिले कठोर वृद्ध र आफन्त बनेर आयौ
कहिले कठोर मालिक बनेर आयौ
जिउँदै बिनागल्ती मुटु चिराचिरा पारेर पनि
मैलाई बेइमान बनाएपछि
किन मेरो चिता वरिपरि
देखावटी सान्त्वना लिएर आउँछौ ?
तिमी नहेर मेरा निर्जीव आँखा
जसलाई बाचुन्जेल ओभाउन दिएनौ
म सजीव हुँदा आफ्नो दुष्कर्मसित नडराउने तिमी
मेरो टुक्रिएको मुटुले अग्नि गमन गरेको हेर्न नआऊ ।
सजीव सत्यमार्गीसँग नडग्ने तिमी
किन आयौ यो देह जलेको हेर्न
देखावटी आँसुका फोहोरा निकाली
के तिमीलाई पनि निर्जीव लासहरूसँग डर छ ?
मृत्युपछिको हिसाबसँग डर छ ?
भो उतै हुनेछ हिसाब सही र कुकर्मको
नआऊ हेर्न मेरो विक्षिप्त आत्मा र शरीर जलेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण