अभ्यास शान्ति प्रयासको तयारी पूरा, १९ राष्ट्रका सैनिकहरूको सहभागिता रहने
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागी हुने फौजका लागि अभ्यास शान्ति प्रयासको चौथो संस्करण सञ्चालनको तयारी पुरा भएको छ । अभ्यास वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा फागुन ८ गतेबाट २१ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस इनिसिएटिभको सहयोग एवं नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन हुन लागेको हो । नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो । यस्तै, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका दोस्रो तथा तेस्रो संस्करण सञ्चालन भइसकेका छन् ।
अभ्यास शान्ति प्रयासमा नेपालसहित १९ राष्ट्रका सैनिकहरूको सहभागिता रहनेछ । जस अन्तरगत फिल्ड ट्रेनिङ इभेन्टमा नेपाली सेनाका दुई तथा अन्यदेशका १० गरी जम्मा १२ प्लाटूनका ६८९ जना, स्टाफ ट्रेनिङ इभेन्टमा नेपाली सेनाका ३१ र विदेशी सेनाका ७९ गरी जम्मा ११० जना र क्रिटिकल इनेब्लर एन्ड क्यापाबिलिटी इन्हान्समेन्टमा नेपाली सेनाका २६९ र विदेशी सेनाका ५७ गरी जम्मा ३२६ जना गरी कुल ११२५ जना सहभागी हुनेछन् ।
यस प्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखा परेका चुनौतीहरूको बारेमा सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुको साथै ती चुनौतीहरू सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण