नौ दिनमा बायर्नको तेस्रो हार
म्युनिख । बायर्न म्युनिखले पछिल्ला ९ दिनमा तेस्रो हार बेहोरेको छ । आइतबार बुन्डेस लिगामा टोली भीएफएल बोचुमसँग २–३ गोलले पराजित भएको हो ।
खेलमा अग्रता भने बायर्नले लिएको थियो । खेलको १४ औँ मिनेटमा जमाल मुसियालाले टोलीलाई अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर बोचुमले दुई गोल फर्कायो । टाकुमा असानो र केभेन स्क्लोटरबेकले एक–एक गोल गरे ।
दोस्रो हाफमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सीमित बन्यो । ७८ औँ मिनेटमा केभिन स्टोजरले पेनाल्टीबाट गोल गर्दै बोचुमलाई दुई गोलको अग्रता दिलाए ।
खेलको अन्त्यतिर ह्यारी केनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यसअघि टोली लेभरक्युजनसँग ३–० र च्याम्पियन्स लिगमा लाजियोसँग १–० गोलले पराजित भएको थियो । टोलीले लगातार तीन खेल हारेको सन् २०१५ को मेपछि पहिलोपटक हो ।
पराजयपछि टोली शीर्ष स्थानमा रहेको लेभरक्युजनसँग ८ अङ्कले पछि परेको छ । २२ खेलबाट बायर्नको ५० अङ्क रहेको छ । टोली लिगको दोस्रो स्थानमा छ । समान खेलबाट बोचुमको २५ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण