नौ दिनमा बायर्नको तेस्रो हार

म्युनिख । बायर्न म्युनिखले पछिल्ला ९ दिनमा तेस्रो हार बेहोरेको छ । आइतबार बुन्डेस लिगामा टोली भीएफएल बोचुमसँग २–३ गोलले पराजित भएको हो ।
खेलमा अग्रता भने बायर्नले लिएको थियो । खेलको १४ औँ मिनेटमा जमाल मुसियालाले टोलीलाई अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर बोचुमले दुई गोल फर्कायो । टाकुमा असानो र केभेन स्क्लोटरबेकले एक–एक गोल गरे ।
दोस्रो हाफमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सीमित बन्यो । ७८ औँ मिनेटमा केभिन स्टोजरले पेनाल्टीबाट गोल गर्दै बोचुमलाई दुई गोलको अग्रता दिलाए ।
खेलको अन्त्यतिर ह्यारी केनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यसअघि टोली लेभरक्युजनसँग ३–० र च्याम्पियन्स लिगमा लाजियोसँग १–० गोलले पराजित भएको थियो । टोलीले लगातार तीन खेल हारेको सन् २०१५ को मेपछि पहिलोपटक हो ।
पराजयपछि टोली शीर्ष स्थानमा रहेको लेभरक्युजनसँग ८ अङ्कले पछि परेको छ । २२ खेलबाट बायर्नको ५० अङ्क रहेको छ । टोली लिगको दोस्रो स्थानमा छ । समान खेलबाट बोचुमको २५ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख