रियल रोकिँदा जिरोनालाई आशा
सोमबार, ०७ फागुन २०८०, ०७ : ५४
मड्रिड । ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले छिमेकी रायो भायोकानोसँग अङ्क गुमाएको छ । यसले उपाधि होडमा जिरोना र बार्सिलोनालाई केही आशा दिएको छ ।
खेलको तेस्रो मिनेटमा नै रियलले अग्रता बनाएको थियो । तर, राउल डे टोमासले २७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै भायोकानोलाई खेलमा फर्काए ।
त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो । खेलको इन्जुरी समयमा ड्यानी कार्भाहालले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य बनेका थिए ।
२५ खेलबाट रियलको ६२ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेल्दै ५६ अङ्क बटुलेको छ । २५ खेलबाट बार्सिलोनाको ५४ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण