शेरबहादुर र गगनबिच द्वन्द्व मिलाउन कांग्रेस पदाधिकारी बुढानीलकण्ठमा जुट्दै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । नेता विश्वकर्माले भोलि बिहानबाट सुरु हुने महासमिति बैठकमा सबै प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको बताए ।
महामन्त्री गगन थापाले महासमितिमा पेस गर्न तयार पारेको प्रस्ताव सच्याउन निर्देशन दिएका देउवाले त्यसबारे के भइरहेको छ भनेर सोधखोज र छलफल गर्न बैठक बोलाएको नेता विश्वकर्माको भनाइ छ । महामन्त्री थापाको प्रतिवेदनमा आगामी दिनमा चुनावी गठबन्धन गर्न नहुने विषय रहेकाले उक्त विषयबारे अहिले नै निर्णय गर्न नहुनेमा सभापति देउवा छन् ।
महासमिति बैठक उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा पनि सभापति देउवाले भविष्यमा गठबन्धन गर्ने नगर्ने विषय अहिले नै निर्णय गर्न उपयुक्त नहुने धारणा राखेका थिए । तर महामन्त्री गगन थापा भने कांग्रेस महासमिति बैठकबाटै आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने निर्णय गरेर जानुपर्ने पक्षमा छन् । उनले फागुन ३ गते केन्द्रीय समिति बैठकमा पेस गरेको प्रस्तावमा पनि सोही कुरा समेटिएको छ ।
महामन्त्री थापाले भने चुनावी गठबन्धन नगर्ने विषय पार्टी हित विपरीत भए महासमिति बैठकबाटै खारेज गरिदिन तर आफू उक्त विषय सच्याउन तयार नभएको बताउँदै आएका छन् । सोही विषयमा आइतबार र सोमबार बिहान समेत नेताहरूबिच छलफल भएको थियो । तर दुवै पक्ष अडानबाट टसको मस नभएपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण