कांग्रेसका शुभेच्छुक संस्था महासमिति बैठकमा सहभागी नहुने
सोमबार, ०७ फागुन २०८०, २१ : ३४
काठमाडौँ । नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्था पार्टीको महासमिति बैठकमा सहभागी नहुने भएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्तवादी संघ र नेपाल प्रेस युनियनले लिखित रुपमै महासमिति बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।
पार्टीले शुभेच्छुक संस्थाले आधिकारिक तीन–तीन जनाको नाम पठाएकोमा ती नाम समावेश नगरेको र विधानको व्यवस्था विपरीत निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य बनाएको भन्दै बैठक बहिष्कार गरेको उल्लेख गरेका छन् ।
यस्तै उनीहरुले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को व्यवस्था र निर्वाचन समितिको निर्णय एवं केन्द्रीय कार्यसमितिको निर्णय विधान विपरीत भएको भन्दै महासमिति बैठकमा सहभागी नहुने जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण