बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सोनिया गान्धी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित

मङ्गलबार, ०८ फागुन २०८०, २१ : ३१
मङ्गलबार, ०८ फागुन २०८०

नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार कांग्रेसका एक र भाजपाका दुई उम्मेदवारहरू राजस्थानबाट राज्यसभा चुनाव २०२४ को लागि निर्धारित सिटहरूमा निर्वाचित घोषित गरिएको हो । 

राजस्थान विधानसभाका प्रिन्सिपल सेक्रेटरी र राज्यसभाका रिटर्निङ अफिसर महावीर प्रसाद शर्माले कांग्रेस उम्मेदवार सोनिया गान्धी र भाजपाका दुई उम्मेदवार चुन्नीलाल गरासिया र मदन राठोडलाई निर्वाचित घोषणा गरे। भाजपाका यी दुई उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । 

 सोनिया गान्धी संसद्को माथिल्लो सदन अर्थात् राज्यसभामा निर्वाचित भएको यो पहिलो पटक हो । फेब्रुअरी १४ मा सोनिया गान्धी र राहुल गान्धी र प्रियंका गान्धी राजस्थान विधानसभा पुगेर उम्मेदवारी दर्ता गराएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप