सोनिया गान्धी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित
मङ्गलबार, ०८ फागुन २०८०, २१ : ३१
नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार कांग्रेसका एक र भाजपाका दुई उम्मेदवारहरू राजस्थानबाट राज्यसभा चुनाव २०२४ को लागि निर्धारित सिटहरूमा निर्वाचित घोषित गरिएको हो ।
राजस्थान विधानसभाका प्रिन्सिपल सेक्रेटरी र राज्यसभाका रिटर्निङ अफिसर महावीर प्रसाद शर्माले कांग्रेस उम्मेदवार सोनिया गान्धी र भाजपाका दुई उम्मेदवार चुन्नीलाल गरासिया र मदन राठोडलाई निर्वाचित घोषणा गरे। भाजपाका यी दुई उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।
सोनिया गान्धी संसद्को माथिल्लो सदन अर्थात् राज्यसभामा निर्वाचित भएको यो पहिलो पटक हो । फेब्रुअरी १४ मा सोनिया गान्धी र राहुल गान्धी र प्रियंका गान्धी राजस्थान विधानसभा पुगेर उम्मेदवारी दर्ता गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण