आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा बेमौसमी तापक्रम बढ्यो

मङ्गलबार, ०८ फागुन २०८०, २१ : ४०
मङ्गलबार, ०८ फागुन २०८०

टोकियो । उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी सुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा बहँदा सोमबार जापानभर तापक्रम एक्कासि बढेको मौसम निकायले जनाएको छ । 

होक्काइडोको मोम्बेत्सु सहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस पुगेको छ । सो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो ।  

यसैबिच उत्तरी जापानको अकिता सहरमा पनि तापक्रम २०.१ डिग्री, मध्य जापानको कानाजावा सहरमा २१.८ डिग्री र मध्य टोकियोमा १६.५ डिग्री पुगेको छ।

मङ्गलबार जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको छ । 

मौसम अधिकारीहरूले उत्तरी र पूर्वी जापानका फराकिला क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताएका छन् । एक्कासि तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने अधिक सम्भावना रहेकाले तल्लो क्षेत्रका मानिसहरूलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ । -(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप