सात महिनामा नेपाललाई ८ खर्ब ११ अर्ब व्यापार घाटा
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको हो । गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो ।
गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो । यस्तै, यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ ।
यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो । यो चालू वर्षको तुलनामा २१ अर्बभन्दा धेरै आयात हो ।
यसबाहेक, ७ महिनाको अवधिमा निर्यात व्यापारमा ७.०७ प्रतिशतको गिरावट आएको छ । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरैको निर्यात भएको थियो । जुन, चालू वर्षको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।
आयात र निर्यात नै घटेपछि ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । तथ्यांकअनुसार गत आर्थिक वर्षको ७ महिनाको अवधिको तुलनामा यो वर्ष कूल वैदेशिक व्यापार २.७५ प्रतिशतले खुम्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण