महासमिति बैठकमा प्रश्न : युवापुस्ता कांग्रेसमा किन लाग्ने ?

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवापुस्ता कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ । कञ्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान पनि कांग्रेस हुने हो कि केही नीति पनि छ भनेर नेतृत्वसमक्ष प्रश्न उठाएका हुन् ।
उनले भने, ‘म २७ वर्से युवक हुँ । म मेरो बुबा कांग्रेस भएकाले कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? नेतृत्वले उत्तर दिनुपर्छ ।’ उपाध्यायले महासमितिमा जान केही नेताहरूले युवापुस्तालाई रोकेको आरोप लगाए । त्यसरी रोक्नेहरूलाई भोटचाहिँ युवाले नै हाल्नुपरेको गुनासो उनको छ ।
‘महासमिति जान नदिने बच्चा हो नजा भन्ने अनि भोटचाहिँ हामीले हाल्नुपर्ने ? वडादेखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ । नभए हामी किन चाहियो ?’, उनले भने, ‘किन कांग्रेसमा लाग्ने ?’ भ्रातृ संगठनमा नेताहरूले आफ्ना मान्छेलाई मात्रै ठाउँ दिएको आरोप उनको छ ।
‘आज खल्तीको मान्छेलाई भ्रातृ संस्थाको पदाधिकारी बनाउनुहुन्छ । अधिवेशन नभएर नेता भेट्न ठिक्क छ। हामी ग्राउन्डमा कहिले जाने ? कसरी काम गर्ने ?’ उनले प्रश्न गरे । उनले जात र धर्मका नाममा राजनीति नगर्न पनि सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन