महासमिति बैठकमा प्रश्न : युवापुस्ता कांग्रेसमा किन लाग्ने ?
ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवापुस्ता कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ । कञ्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान पनि कांग्रेस हुने हो कि केही नीति पनि छ भनेर नेतृत्वसमक्ष प्रश्न उठाएका हुन् ।
उनले भने, ‘म २७ वर्से युवक हुँ । म मेरो बुबा कांग्रेस भएकाले कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? नेतृत्वले उत्तर दिनुपर्छ ।’ उपाध्यायले महासमितिमा जान केही नेताहरूले युवापुस्तालाई रोकेको आरोप लगाए । त्यसरी रोक्नेहरूलाई भोटचाहिँ युवाले नै हाल्नुपरेको गुनासो उनको छ ।
‘महासमिति जान नदिने बच्चा हो नजा भन्ने अनि भोटचाहिँ हामीले हाल्नुपर्ने ? वडादेखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ । नभए हामी किन चाहियो ?’, उनले भने, ‘किन कांग्रेसमा लाग्ने ?’ भ्रातृ संगठनमा नेताहरूले आफ्ना मान्छेलाई मात्रै ठाउँ दिएको आरोप उनको छ ।
‘आज खल्तीको मान्छेलाई भ्रातृ संस्थाको पदाधिकारी बनाउनुहुन्छ । अधिवेशन नभएर नेता भेट्न ठिक्क छ। हामी ग्राउन्डमा कहिले जाने ? कसरी काम गर्ने ?’ उनले प्रश्न गरे । उनले जात र धर्मका नाममा राजनीति नगर्न पनि सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण