पोखरा महानगरको कार्यसम्पादन देशभरमै सबैभन्दा कमजोर
पोखरा । पोखरा महानगरपालिकाको कार्यसम्पादन देशभरकै कमजोर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको अध्ययनअनुसार पोखराको कार्यसम्पादन देशका ६ महानगरमध्ये सबैभन्दा कमजोर देखिएको हो ।
आयोगले १४ वटा सूचकको नतिजा समेत सार्वजनिक गरेको हो । पोखराले पहिलो सूचकमा ५, दोस्रो, चौथो, पाँचौँ, सातौँ र आठौँ सूचकमा नम्बर पाएको छैन । सूचक ९ मा ५ नम्बर पाएको छ भने १० र ११ मा कुनै नम्बर पाएन । बाह्रौँ सूचकमा ३ अङ्क, तेह्रौँमा १.२९, चौधौँमा ३, पन्ध्रौँमा ३, साह्रौंमा ०.४५ गरी २०.७५ अङ्क पाएको हो ।
पालिकाले समयमा बजेट पेश गरे नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए÷नदिएको लगायतका आधारमा मूल्याङ्कन गर्ने गरिएको थियो ।
तर मेयर धनराज आचार्य भने पोखराले अब्बल कार्य सम्पादन गरेको दाबी गर्न छोड्दैनन् । आयोगले नतिजा सार्वजनिक गर्ने बित्तिकै उनले सामाजिक सञ्जाल फेसबुकमा पोखराले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्रा) मा ल्याएको नम्बरको विवरण पोष्ट्याए ।
वित्त आयोगले आगामी वर्ष वित्तीय समानीकरणको रकम हस्तान्तरण गर्न यस्तो मूल्याङ्कन गर्छ । धेरै अङ्क पाउनेले धेरै रकम पाउँछ भने कम अङ्क पाउनेले कम रकम पाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण