वीरगन्ज हट्यो कर्फ्यु
बुधबार, ०९ फागुन २०८०, २२ : ५४
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यु पूर्ण रूपमा हटाएको छ। बुधवार राति १० बजेदेखि लागू हुनेगरी स्थानीय प्रशासनले कर्फ्यु हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को उपदफा ५ बमोजिम कर्फ्यु हटाइएको जानकारी दिएका छन् । रौतहटको इसनाथ नगरपालिकामा मूर्ति सेलाउने विषयमा दुई समुदायबिच भएको झडपलाई लिएर वीरगन्जमा हिन्दु समाजका कार्यकताहरुले सोमबार प्रदर्शन गर्नुको साथै बजार बन्द गराएका थिए ।
यही क्रममा दुई समुदायबिच विवाद बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यही सोमबार साँझ ५ बजेदेखि अनिश्चयकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण