स्टार्टअप उद्यम कर्जाका लागि आवेदनमा भीड (तस्बिरहरु)
काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिने स्थानमा भीड देखिएको छ । औद्योगिक विकास प्रतिष्ठानमा स्टार्टअप उद्यम कर्जाका लागि आवेदन दिनेहरुको भिड भएपनि व्यवस्थापन भने कमजोर पाइएको हो ।
बिहीबार बिहानैदेखि लामो लाइन भएपनि फितलो व्यवस्थापन हुँदा आवेदकहरुले हैरानी बेहोर्नु परेको छ । निकै गुनासोपछि बिहीबार अपराह्नतिरमात्रै टोकनको व्यवस्था गरिएको छ । टोकनअनुसार आवेदकलाई फागुन १८ सम्मको म्याद दिइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ स्वीकृत गरेसँगै चालू आर्थिक वर्षको बजेटमा भएको यो व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ ।
जसअनुसार अनुसार नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गरिन्छ । त्यस्तो कर्जा २५ लाखसम्म पाइन्छ ।
स्टार्टअप उद्यममा कर्जा लिन उद्यमका १६ वटा क्षेत्र तोकिएका छन् । कर्जाको ब्याजदर वार्षिक ३ प्रतिशत हुने व्यवस्था गरिएको छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मका लागि दुई किस्ता र सोभन्दा माथि २५ लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध हुनेछ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण