सोनु बनिन् मिस बिजनेस ग्लोबल
काठमाडौँ । ‘मिस बिजनेस ग्लोबल’ को उपाधि सोनु बर्देवाले जितेकी छिन् । राजधानीमा एक कार्यक्रमकाबिच आयोजित ‘मिस टुरिजम नेपाल’ सौन्दर्य प्रतियोगितामा उनले ‘मिस बिजनेस ग्लोबल’ को उपाधि जितेकी हुन् ।
प्रतियोगितामा ‘मिस बिजनेस ग्लोबल’ को अलवा ‘मिस टुरिजम इन्टरनेशनल’, ‘मिस टुरिजम हेरिटेज’, ‘मिस ब्युटी अफ द वर्ल्ड’ को विजेता पनि छानिएको थियो । जसमा ‘मिस टुरिजम इन्टरनेशनल’ को ताज रविना बराइलीले जित्दा ‘मिस टुरिजम हेरिटेज’ को उपाधि नरिना थापा मगरले हात पारिन् । प्रतियोगितामा ‘मिस ब्युटी अफ द वर्ल्ड’ को उपाधि निकिता गौतमले जितिन् ।
चार विजेता सबैले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा जाने अवसर प्राप्त गरेका छन् । ४ मध्ये महोत्वपूर्ण ‘मिस बिजनेस ग्लोबल’ मानिन्छ । ‘मिस बिजनेस ग्लोबल’ विजेता बर्देवा काठमाडौँ गोङ्गबु निवासी हुन् । मनोविज्ञान परामर्शमा स्नातकोत्तर गर्दै रहेकी बर्देवा कविता लेखन, नृत्य र अभिनयमा रुचि राख्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण