अव्यवहारिक कर हटाउन माग गर्दै चलचित्रकर्मीले बुझाए मन्त्री शर्मालाई ज्ञापनपत्र
शुक्रबार, ११ फागुन २०८०, १३ : १३
काठमाडौँ । अव्यवहारिक कर हटाउन माग गर्दै चलचित्रकर्मीको एक समूहले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई एक ज्ञापन पत्र बुझाएको छ । शुक्रवार चलचित्रकर्मीको एक टोली सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार पुगेर मन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा चलचित्र विकास शुल्क, स्थानीय कर लगायत चलचित्रकर्मी माथि लगाइएको दोहोरो तथा अव्यवहारिक कर हटाउनुपर्ने मागसहित विभिन्न समस्याहरू बुँदा समेटिएको टोलीमा सहभागी चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए । मन्त्री शर्मासँग चलचित्रकर्मीको विषयमा सकारात्मक छलफल भएको कायस्थले बताए ।
चलचित्रकर्मीको टोलीमा निर्देशक दीपाश्री निरौला, गोपालकाजी कायस्थ, चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, वीरेन्द्रनारायण श्रेष्ठ, भास्कर ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण