शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अव्यवहारिक कर हटाउन माग गर्दै चलचित्रकर्मीले बुझाए मन्त्री शर्मालाई ज्ञापनपत्र

शुक्रबार, ११ फागुन २०८०, १३ : १३
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । अव्यवहारिक कर हटाउन माग गर्दै चलचित्रकर्मीको एक समूहले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई  एक ज्ञापन पत्र बुझाएको छ । शुक्रवार चलचित्रकर्मीको एक टोली सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार पुगेर मन्त्री शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा चलचित्र विकास शुल्क, स्थानीय कर लगायत चलचित्रकर्मी माथि लगाइएको दोहोरो तथा अव्यवहारिक कर हटाउनुपर्ने मागसहित विभिन्न समस्याहरू बुँदा समेटिएको टोलीमा सहभागी चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिए । मन्त्री शर्मासँग चलचित्रकर्मीको विषयमा सकारात्मक छलफल भएको कायस्थले बताए ।

चलचित्रकर्मीको टोलीमा निर्देशक दीपाश्री निरौला, गोपालकाजी कायस्थ, चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, वीरेन्द्रनारायण श्रेष्ठ, भास्कर ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप