भारतमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु
शनिबार, १२ फागुन २०८०, १४ : २९
लखनउ । भारतको उत्तर प्रदेशको कासगञ्जमा ट्याक्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । गङ्गामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिएर भएको दुर्घटनामा परि ७ बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।
सुरक्षा अधिकारीका अनुसार दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो ।
अन्य चार बालबालिकाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण