मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने

शनिबार, १२ फागुन २०८०, १५ : ००
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ ।

सचिवालयका अनुसार बैठकले देशभर भित्ते लेखन, व्यानर राख्ने, काठमाडौँमा बृहत्त अन्तरक्रिया गर्ने, मोर्चाको मुखपत्र निकाल्ने लगायतका कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि आइतबार नेकपाको कार्यालय बुद्धनगरमा सचिवालयको बैठक बोलाएको समेत जनाइएको छ ।

विप्लवले नेतृत्व लिएपछि मोर्चाको यो पहिलो बैठक बसेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप