समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने
शनिबार, १२ फागुन २०८०, १५ : ००
काठमाडौँ । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ ।
सचिवालयका अनुसार बैठकले देशभर भित्ते लेखन, व्यानर राख्ने, काठमाडौँमा बृहत्त अन्तरक्रिया गर्ने, मोर्चाको मुखपत्र निकाल्ने लगायतका कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि आइतबार नेकपाको कार्यालय बुद्धनगरमा सचिवालयको बैठक बोलाएको समेत जनाइएको छ ।
विप्लवले नेतृत्व लिएपछि मोर्चाको यो पहिलो बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण