सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पा र ओखलढुंगामा दुई महिलाको श्रीमानद्वारा हत्या

शनिबार, १२ फागुन २०८०, १७ : ०८
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । रोल्पा र ओखलढुंगामा दुई जना महिलाको आफ्नै श्रीमान्ले हत्या गरेका छन् । 

रोल्पामा आफ्नै श्रीमती २८ वर्षीया मन कुमारी बुढाको हत्या गरेको अभियोगमा माडी गाउँपालिका-१ जयलखसे बस्ने ३२ वर्षीय भीम बहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका भीम बहादुरले मन कुमारीलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ओखलढुंगामा पनि आफ्नै श्रीमती ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-५ बिप्ल्याटे बस्ने ४० वर्षीय काजी शेर्पालाई गएराति प्रहरीले पक्राउ गरेको छ । काजीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ङिम्किमोको सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप