रोल्पा र ओखलढुंगामा दुई महिलाको श्रीमानद्वारा हत्या
काठमाडौँ । रोल्पा र ओखलढुंगामा दुई जना महिलाको आफ्नै श्रीमान्ले हत्या गरेका छन् ।
रोल्पामा आफ्नै श्रीमती २८ वर्षीया मन कुमारी बुढाको हत्या गरेको अभियोगमा माडी गाउँपालिका-१ जयलखसे बस्ने ३२ वर्षीय भीम बहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका भीम बहादुरले मन कुमारीलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ओखलढुंगामा पनि आफ्नै श्रीमती ४० वर्षीया ङिम्किमो शेर्पाको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-५ बिप्ल्याटे बस्ने ४० वर्षीय काजी शेर्पालाई गएराति प्रहरीले पक्राउ गरेको छ । काजीले कुटपिट गर्दा गम्भीर घाइते भएकी ङिम्किमोको सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
-
घाँसको बीउ उत्पादन
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण