शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

तीन जना मृत फेला

शनिबार, १२ फागुन २०८०, १७ : ५९
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ गुण्डु पुलस्थित जङ्गलमा सर्लाही हरिवन नगरपालिका-१० बस्ने ३४ वर्षीया फुलमाया ब्लोन शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

यसैगरी जाजरकोटको शिवालय गाउँपालिका-९ नाहाडा बस्ने २२ वर्षीय गोपाल बुढा छेडागाड नगरपालिका-४ लेवा बजार नजिकै खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-३ स्थित रामखण्ड खोलामा सोही नगरपालिका-६ पोखरापाली बस्ने ६० वर्षीय रामकृपाल सुनार शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप