तीन जना मृत फेला
शनिबार, १२ फागुन २०८०, १७ : ५९
काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ गुण्डु पुलस्थित जङ्गलमा सर्लाही हरिवन नगरपालिका-१० बस्ने ३४ वर्षीया फुलमाया ब्लोन शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी जाजरकोटको शिवालय गाउँपालिका-९ नाहाडा बस्ने २२ वर्षीय गोपाल बुढा छेडागाड नगरपालिका-४ लेवा बजार नजिकै खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-३ स्थित रामखण्ड खोलामा सोही नगरपालिका-६ पोखरापाली बस्ने ६० वर्षीय रामकृपाल सुनार शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण