जसपा लुम्बिनी प्रदेशका अध्यक्ष यादवले फिर्ता लिए राजीनामा
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो राजीनामा फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट भएर उनले राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएपछि पार्टीका कार्यकारिणी सदस्य एवं लुम्बिनी प्रदेशका इन्चार्ज राजकिशोर यादव विवाद समाधानका लागि भैरहवा पुगेका थिए । इन्चार्ज राजकिशोर यादवको उपस्थितिमा लुम्बिनी प्रदेश कमिटीको कार्यकारिणी बैठक बसेको थियो ।
सो बैठकमा इन्चार्ज यादवले पार्टीका कुनै पनि निर्णय प्रदेश तथा जिल्ला कमिटीको समन्वयमा हुने प्रतिबद्धता जनाएपछि अध्यक्ष अशोक यादवले राजीनामा फिर्ता लिएका हुन् ।
अशोकले भने, ‘इन्चार्ज राजकिशोर यादवजीले प्रदेश तथा जिल्लाको हकमा कुनै पनि निर्णय लिँदा सम्बन्धित कमिटीसँग केन्द्रले समन्वय गर्ने र यसको बारेमा आफू केन्द्रमा गएर कुरा राख्ने भनेपछि मैले दिएको राजीनामा फिर्ता लिएको छु ।’
प्रदेश तथा जिल्लाबाट केन्द्रमा भएका विभिन्न नियुक्ति तथा मनोनयनमा प्रदेश तथा जिल्ला कमिटीसँग कुनै समन्वय नभएका कारणले आफूले राजीनामा दिएको बताउँदै उनले इन्चार्ज यादवले अब त्यसो नहुने प्रतिबद्धता जनाएपछि राजीनामा फिर्ता लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण