मिटरब्याज विरुद्धको आन्दोलन २६ औं दिनमा
आइतबार, १३ फागुन २०८०, ११ : १७

काठमाडौँ । मिटरब्याज विरुद्धको आन्दोलन आज २६ औं दिनमा पुगेको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल मार्चपाससहित सुरू भएको आन्दोलन यतिबेला काठमाडौँ केन्द्रित छ । आज २६ औं दिनमा काठमाडौँमा विरोधसभाको आयोजना गरेका छन् ।
आज उनीहरूले दिउँसो १ बजेदेखि पैदल यात्राको आयोजना गरेका छन् । दिउँसो भृकुटीमण्डप–पद्मोदय मोड– पुतलीसडक–बागबजार–रत्नपार्क हुँदै भृकुटीमण्डमा पुगेर नै विरोधसभाको आयोजना गरिएको छ । विरोधसभा दिउँसो २ः३० बजे आयोजना हुने मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संर्घष समितिले जनाएको छ ।
मिटरब्याज विरुद्धको आन्दोलनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पीडितहरू हिँडेरै काठमाडौँ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ
-
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बने करन केसी