दोस्रो टेस्ट खेलिरहेका जुरेलको उत्कृष्ट अर्धशतकले भारतलाई राहत
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली भारत आफ्नो पहिलो पालीमा तीनसय सात रन बनाउँदै अलआउट भएको छ । भारतीय टोली पहिलो पालीमा इङ्ल्यान्डसँग ४६ रनले पछाडि परेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डले भने पहिलो पालीमा तीनसय ५३ रन बनाएको थियो ।
भारतका लागि पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेलले ९० रनको योगदान गरे । लामो समय क्रिजमा संघर्ष गरेका विकेटकिपर ब्याट्सम्यान जुरेलले एकसय ४९ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काएका थिए । २३ वर्षीय जुरेलले इङ्ल्यान्डविरुद्धको यही शृंखलामार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । केवल दोस्रो टेस्ट खेलिरहेका जुरेलले बनाएको यो पहिलो अर्धशतक पनि हो । यसअघि खेलेको एकमात्र टेस्टमा उनले ४६ रन बनाएका थिए ।
भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले पनि ७३ रनको योगदान गरेका थिए । उनले एकसय १७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । शुभमन गिल ३८ रन बनाउँदै आउट भए भने कुलदीप यादवले २८ रन बटुले । भारतले अतिरिक्त रुपमा २३ रन पाएको थियो । इङ्ल्यान्डका बलर सोएब बसिर एक्लैले पाँच विकेट लिए । उनले ४४ ओभरमा आठ मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । टम हर्टलीले तीन र जेम्स एन्डर्सनले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण