जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार पक्राउ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलालाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय क्रान्ति बराइली उर्फ निलम विश्वकर्मा छन् । उनलाई फागुन ११ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
कार्तिक २२ मा बानेश्वरको आईप्लेक्स मल नजिक उसु महासंघको अध्यक्ष समेत रहेका बर्तौलामाथि आक्रमण भएको थियो । प्रहरीले यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेकबहादुर प्रधानलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानबाट मुख्य योजनाकार रहेको खुलेपछि क्रान्ति बराईलीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।
मुख्य योजनाकार भनिएका आरोपीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ । बर्तौलामाथि आक्रमण गरेपछि क्रान्ति बराइलीले शेरबहादुर थारुलाई ५० हजार र नेपाल–भारत सिमाना कटाएपछि टेक बहादुर प्रधानलाई दुई लाख रुपैयाँ दिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण