सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डलर देखाएर १० वर्षदेखि ठगी, दम्पतीसहित तीन जना पक्राउ

आइतबार, १३ फागुन २०८०, २१ : ०३
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । डलर देखाएर ठगी गरेको आरोपमा काठमाडौँ प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ठगी आरोपमा पक्राउ परेकाहरूलाई  काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –५ घर भई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकी ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौँ गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मी रहेका छन् । यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक हुन् । उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइए प्रहरीले जनाएको छ । 

उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौँको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । 

एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ । उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन् ।  ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन सङ्ख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ ।’

प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप