डलर देखाएर १० वर्षदेखि ठगी, दम्पतीसहित तीन जना पक्राउ
काठमाडौँ । डलर देखाएर ठगी गरेको आरोपमा काठमाडौँ प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ठगी आरोपमा पक्राउ परेकाहरूलाई काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –५ घर भई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकी ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौँ गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मी रहेका छन् । यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका सञ्चालक हुन् । उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइए प्रहरीले जनाएको छ ।
उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौँको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ । उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन् । ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन सङ्ख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ ।’
प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण