दैलेखको आठबिस नगरपालिकामा कांग्रेसद्वारा तालाबन्दी
सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिकामा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । आर्थिक वर्ष सुरु भएदेखि पटक–पटक प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहने, पालिकामा व्याप्त भ्रष्टाचार लगायतका विभिन्न आरोप र मागहरु राख्दै आइतबार सो पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो ।
यो पालिकामा पटक–पटक प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहनाले त्यसको असर प्रत्यक्ष रुपमा काम कारबाहीमा पर्ने गरेको छ । अर्का प्रमुख प्रशासकीय अधिकृत नतोक्दासम्म दिलबहादुर शाहीलाई अहिले त्यसको जिम्मेवारी दिइएको छ ।
तर पनि नगरप्रमुख तर्क बडुवाल एकलौटी रुपमा चल्न थालेको, जनताले पाउने सेवा सुविधातर्फ ध्यान नदिएको, नगरपालिकामा भ्रष्टाचार मौलाएको, सेवाग्राहीलाई सास्ती दिइरहेको लगायतका आरोप कांग्रेसले लगाएको छ ।
यस्तै शिक्षक कर्मचारीलाई तलब नदिइएको, सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको, विद्यालयमा दिवा खाजा कार्यक्रम तथा मसलन्द खर्च व्यवस्थापन नगरिएको आरोप पनि कांग्रेसले लगाएको छ । कांग्रेसका नगर सभापति अर्जुनबहादुर शाहीले मागहरु सम्बोधन नगरेसम्म तालाबन्दी कायमै रहने बताए । आइतबार कांग्रेसले तालाबन्दीसहित नगरपालिकामा धर्ना समेत दिएको छ ।
सो नगरपालिकाका प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचिन भएका हुन् । यस्तै सो नगरपलिकामा चारवटा वडा कांग्रेसले जितेको छ भने बाँकी सबै एमालेले जितेको छ । कांग्रेसले विगत देखिनै विभिन्न मागहरु राख्दै आएको तर, नगरप्रमुखले सुनुवाई नै नगरी एकलौटी तरिकाले चल्न खोजेको आरोप उनको छ ।
नगरपालिकामा तालाबन्दी भइरहँदा नगर प्रमुख तर्क बडुवाल भने सुर्खेतमा छन् । नगर उपप्रमुख कल्पना थापाले मागहरु राख्नु स्वभाविक भएको र उक्त मागहरु वार्ताका माध्यमबाट हल गरिने प्रयास भइरहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण