घट्यो सुनचाँदीको मूल्य
सोमबार, १४ फागुन २०८०, १० : ५०

काठमाडौँ । आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा सुनको मूल्य घटेर कारोबार सुरु भएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज भने १ लाख १७ हजार ७५० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने