शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो गृह राज्यमा ट्रम्पसँग पराजित भएपछि निक्की हेलीले के भनिन् ?

सोमबार, १४ फागुन २०८०, ११ : ११
सोमबार, १४ फागुन २०८०

वासिङ्टन डिसी । रिपब्लिकन नेतृ निक्की हेली आफ्नो गृह राज्य साउथ क्यारोलिनामा रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेदवारको चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी छिन् ।

साउथ क्यारोलिनामा ट्रम्पसँग हारेपछि निक्की हेलीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म लडिरहेको छु किनभने ठूलो संख्यामा रिपब्लिकन प्राइमरी मतदाताले उनीहरू विकल्प चाहन्छन् र ७० प्रतिशत अमेरिकीहरू ट्रम्प–बिडेनलाई फेरि आमनेसामने भएको हेर्न चाहँदैनन् ।’

साउथ क्यारोलिनाबाट ट्रम्पको जित प्राइमरी चुनावमा उनको सबैभन्दा ठूलो जित मानिएको छ । २०१६ को विपरीत, यसपटक ट्रम्पले यहाँ दुई पटक गभर्नर भइसकेकी निक्की हेलीको सामना गरिरहेका थिए। उनी यहाँका जनतामाझ लोकप्रिय छिन्, त्यसैले यो ट्रम्पका लागि कठिन लडाई मानिएको थियो । 

 तर शनिबार ट्रम्पले निक्की हेलीबाट २० प्रतिशत अंकले चुनाव जितेका थिए । गत वर्षको डिसेम्बरसम्म हेलीले साउथ क्यारोलिनामा ट्रम्पलाई जित्ने बताउँदै आएकी थिइन् । तर जे नतिजा आएको छ त्यसले निक्की हेलीको सम्पूर्ण अभियानलाई नै धक्का दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप