बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अभिनव बने म्यानहन्ट इन्टरनेसनल नेपाल

सोमबार, १४ फागुन २०८०, १५ : ५२
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’को उपाधि अभिनव थापाले जितेका छन् । राजधानीमा आयोजित म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण ‘म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४’ प्रतियोगीतामा थापाले उक्त उपाधि चुमेका हुन् ।

विजेता थापाले आगामी मे महिनामा थाइल्यान्डमा हुने ‘म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगीतामा अभिनवले मिस्टर पपुलर तथा मिस्टर पर्सनालिटीको अवार्ड समेत जित्न सफल भए ।

प्रतियोगितामा दिलीप नेपालीले मिस्टर फ्रेन्डशीप सहित ‘मिस्टर इन्टरनेसनल नेपाल २०२४’को उपाधि जित्दा युनिक तुलाधर रनर्सअप छानिए । 

क्लब टेनएक्स्को सहकार्यमा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सोयस बलामीले मिस्टर ट्यालेन्ट, सिद्धान्त केसीले मिस्टर फिजिक र विजय थापा मिस्टर फोटोजेनिक घोषित भए ।

अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागीहरूलाई स्टेज प्रस्तुतीकरणमा प्रशिक्षण प्रदान गरेका थिए । प्रतियोगितामा अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप