सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आचार्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने

मङ्गलबार, १५ फागुन २०८०, ०८ : १८
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । सोमबार निधन भएका भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । अन्तिम श्रद्धाञ्जली गीतसङ्गीत क्षेत्रका हस्ती, कलाकर्मी लगायतको उपस्थिति रहनेछ ।

आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि बिमारी रहेका थिए । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । स्वरसम्राट नारायण गोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । 

मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत उनका गीत लोकप्रिय छन् । अन्तिम श्रद्धाञ्जलीपछि उनको  पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । आचार्य गायक सत्यराज र स्वरूपराज आचार्यका पिता हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप