जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार कारागार चलान
मङ्गलबार, १५ फागुन २०८०, १३ : २८
काठमाडौँ । जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार क्रान्ति बराइली उर्फ निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय विश्वकर्मालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो ।
अदालतको अदेशसँगै उनलाई सुनधारास्थित केन्द्रीय कारागार चलान गरिएको छ । कार्तिक २२ मा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलामाथि आक्रमण भएको थियो ।
आक्रमणको मुख्य योजनाकार निलम विश्वकर्मा रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो मुद्दामा यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेक बहादुर प्रधान पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण