जनक बर्तौलामाथि आक्रमण गर्ने मुख्य योजनाकार कारागार चलान
मङ्गलबार, १५ फागुन २०८०, १३ : २८

काठमाडौँ । जनक बर्तौलालाई आक्रमण गर्ने मुख्य योजनाकार क्रान्ति बराइली उर्फ निलम विश्वकर्मालाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले मोरङको कानेपोखरी नगरपालिका–४ घर भएका ३५ वर्षीय विश्वकर्मालाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो ।
अदालतको अदेशसँगै उनलाई सुनधारास्थित केन्द्रीय कारागार चलान गरिएको छ । कार्तिक २२ मा नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य जनक बर्तौलामाथि आक्रमण भएको थियो ।
आक्रमणको मुख्य योजनाकार निलम विश्वकर्मा रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो मुद्दामा यसअघि बाँकेका शेरबहादुर थारु, आशिष लामिछाने र झापाका टेक बहादुर प्रधान पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक