आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
मिटरब्याज पीडितहरूको खाली खुट्टा पैदल मार्च, तस्बिरहरू
मिटरब्याज पीडित

मिटरब्याज पीडितहरूको खाली खुट्टा पैदल मार्च, तस्बिरहरू

मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । मिटरब्याजविरुद्ध आन्दोलनमा रहेका पीडितहरूले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।  भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली- शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरेका हुन् । 

सरकारसँगको सहमतिपछि आन्दोलन स्थगित गरेको १७ महिनामै मिटरब्याज पीडितहरू फेरि आन्दोलित भएका छन् । यसअघि भएको सहमतिलाई ‘धोका’ भन्दै उनीहरू विभिन्न मागसहित आन्दोलित भएका हुन् ।

विगतमा गरिएका सहमति सरकारी पक्षबाट धोका भएको उनीहरूको आरोप छ । सरकारी पक्षबाट विगतको जस्तो धोका नहुने तथा विद्यमान समस्यालाई सदाको लागि अन्त्य गर्नका लागि संघर्ष समितिको तर्फबाट विभिन्न माग अघि सारिएका छन् ।

meter byaj pidit (1)meter byaj pidit (2)meter byaj pidit (3)meter byaj pidit (4)meter byaj pidit (5)meter byaj pidit (6)meter byaj pidit (7)meter byaj pidit (8)meter byaj pidit (9)meter byaj pidit (10)meter byaj pidit (11)meter byaj pidit (12)meter byaj pidit (13)meter byaj pidit (14)meter byaj pidit (15)meter byaj pidit (16)meter byaj pidit (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया