मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

बुधबार, १६ फागुन २०८०, ११ : १७
बुधबार, १६ फागुन २०८०

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले घट्दै १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलमा ५ रुपैयाँले मात्र घट्दै १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप