घाटामा रहेका श्रीलङ्काका ५२ सरकारी व्यवसाय नाफामा
कोलम्बो । घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताएका छन् ।
एसओईले सन् २०२२ मा लगभग ७४३ अर्ब रुपैयाँ ९२.४ अर्ब अमेरिकी डलर० घाटाका कारण गुमाएका थिए ।
विगतमा सबैभन्दा बढी नोक्सानमा रहेका सिलोन पेट्रोलियम कर्पोरेसन र सिलोन इलेक्ट्रिसिटी बोर्डले अब लागत–प्रतिबिम्बित मूल्य निर्धारण संयन्त्र र वर्तमान आर्थिक सुधारका कारण लाभदायक अवस्थामा रहेका छन् ।
उनका अनुसार अघिल्लो सरकारहरूले जनतालाई राहत प्रदान गर्न अनुदानमा सेवाहरू प्रदान गर्दा श्रीलङ्काले दीर्घकालीन रूपमा गम्भीर आर्थिक सङ्कटको सामना गर्नुपरेको थियो ।
अहिले सरकारले आवश्यक सेवाहरूका लागि अनुदान मूल्य प्रणाली उपलब्ध गराउनुको सट्टा गरिब लक्षित कल्याण प्रदान गर्नमा ध्यान केन्द्रित गरिरहेको सेमासिङ्घेले बताए । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण