सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डिजिटल कर्णाली कन्क्लेभ : यस्तो छ कार्यक्रमको तयारी

बुधबार, १६ फागुन २०८०, १७ : ३४
बुधबार, १६ फागुन २०८०

सुर्खेत । कर्णालीलाई डिजिटल प्रदेश बनाउने उद्देश्यसहित शुक्रवारदेखि कन्क्लेभको आयोजना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको आयोजनामा उक्त कन्क्लेभ सुरु हुन लागेको छ ।

कन्क्लेभको महत्त्व र कार्य तालिकाका विषयमा बुधवार सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । 

शुक्रवार र शनिवार हुने उक्त कन्क्लेभमा ४० भन्दा बढी विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहने छ । कर्णालीको डिजिटलाइजेसन र डेभलपमेन्ट थिममा केन्द्रित रहने कार्यक्रममा अन्य प्रदेशबाट पनि सम्बन्धित मन्त्री तथा सचिवहरूको उपस्थिति रहने बताइएको छ ।

वीरेन्द्रनगरको सिद्धार्थ होटेलमा आयोजना हुने कार्यक्रममा प्रदेशमा पूर्व मुख्यमन्त्रीहरू र अन्य सरोकारवालाहरूको समेत सहभागिता रहने मन्त्री जिसीको भनाइ छ । कन्क्लेभमा ४ वटा महत्त्वपूर्ण किनोट प्रस्तुति र ६ वटा प्यानल सेसनहरू रहेका छन् । डिजिटल कर्णालीको सोच र नेतृत्व विषयमा पूर्व मुख्यमन्त्रीहरूको पावर सेसन मनोहर कुमार भट्टराईको कर्णालीका लागि डिजिटल रूपान्तरणका समाधान र इकोसिस्टम विषयमा कि नोट प्रस्तुति रहनेछ ।

यसैगरी कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाही, विद्युतीय सुशासन आयोगका सिइयो दिपेश विष्ट, न्यास आइटीका अध्यक्ष रिचन श्रेष्ठसँगै युएनडिपी, नेपाल दूरसञ्चार प्राधिकरण, पिएलजिएसपी र एसिया फाउन्डेसनको तर्फबाट कार्यपत्र प्रस्तुत हुनेछ ।

पहिलो दिन उद्घाटन पछिको सत्रमा डिजिटल पूर्वाधार र कनेक्टिभिटी र डेटा, डिजास्टर र डेभलपमेन्ट विषयमा प्यानल सेसनहरू सञ्चालन हुनेछन् । दोस्रो दिनको पहिलो सत्रमा कर्णालीका लागि भइरहेका डिजिटल अभियान, आइडिया र प्रविधिको बारेमा केहि प्रस्तुति रहनेछ ।

कर्णाली प्रदेशको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, डिजिटल पहुँच लगायतका आइडियाहरू प्रस्तुत हुनेछन् । यसैगरी डिजिटल अर्थव्यवस्था र लगानीको वातावरण सम्बन्धमा प्रस्तुति र प्यानल सेशन सञ्चालन हुनेछ ।

कार्यक्रमको पाँचौँ सेसन अन्तर्गत स्थानीय, प्रादेशिक र सङ्घीय स्तरमा डिजिटल नेतृत्व र सुशासनको सुदृष्टिकरण विषयमा प्रस्तुति र प्यानल सेसन सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप