मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अन्तरदेशीय डिजिटल क्युआर सेवा सुरु, भारतका १० बैंकबाट नेपालमा फोनपे गर्न मिल्ने

बुधबार, १६ फागुन २०८०, २१ : ००
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले  क्युआर मार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । यसका लागि भारतीय नागरिकले भारतका बैंकमा खाता हुनुपर्नेछ । सोअनुसार भारतीय बैंकका क्युआरमार्फत नेपालको फोन पे मा क्युआर गरेर भुक्तानी गर्न सक्ने भएका हुन् ।

तर यो सेवा सीमित रूपमा मात्रे चल्ने बताइएको छ । ‘भारतका सीमित बैंकको क्युआर मार्फत फोन पे गर्न मिल्नेगरी सेवा सुरु भएको छ,’ पौडेलले रातोपाटीसँग भने । यसअघि, यही वर्ष २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो ।

त्यसपछि, नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले अन्तरदेशीय भुक्तानी प्रणाली अघि बढाउन सम्झौता गरेका थिए । सम्झौतामा अन्तरदेशीय भुक्तानी प्रणाली नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई) ले अघि बढाउने उल्लेख थियो ।

फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने बताए । उनले १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावलाई ‘इनएबल’ गर्न बाँकी रहेको बताए । यो सुरुवात भएकाले भावी दिनमा थप बैंकबाट नेपालमा क्युआर गर्न मिल्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप