‘रङ्गेली’मा ‘भगवान् दादा’को भूमिकामा अर्पण
काठमाडौँ । फिल्म क्षेत्रमा भर्सटायल कलाकारको रूपमा चिनिन्छन् अभिनेता अर्पण थापा । उनी हरेक चरित्रमा न्याय गर्न माहिर छन् । पछिल्लो समय उनी एकपछि अर्को फिल्ममा खलनायकको रूपमा देखिँदै आएका छन् । जसलाई दर्शकले रुचाएका पनि छन् ।
यही फागुन २५ गते रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’मा पनि उनी ‘भगवान् दादा’ नामक ग्याङस्टर भिलेनको रूपमा देखिनेछन् । ग्याङस्टर चरित्रमा अभिनय गर्नु आफ्नो रुचि रहेको उनी बताउँछन् ।
‘भगवान् दादा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधीनमा राखेको हुन्छ’, थापाले भने ‘प्रशासनदेखि लिएर धेरै कुरामा उसको हस्तक्षेप हुन्छ । मान्छेमा धेरै पावर भइसकेपछि पावरको लेभल बढ्दै जाने हो । त्यसको मात्रा बढ्दै गएपछि राजनीतिक कुरालाई पनि जोड्ने हो ।’
‘भगवान् दादा’लाई उनले ‘टिपिकल भिलेन’का रूपमा चित्रण गर्छन् । आफूलाई यस्तै चरित्र मनपर्ने बताउँछन् । भन्छन्, ‘किनभने यसमा अलिक बढी भेरिएसन दिन पाइन्छ । लुक्स र गेटअपले गर्दा मलाई दर्शकले युरोपियन लुक्स जस्तै देखिएको भन्छन् । तर यो चलचित्रमा भने मलाई दर्शकले टिपिकल लोकल लुक्समा देख्नुहुन्छ ।’
अर्पणले फिल्म अभिनय तयारी गर्दा धेरै पटक लुक टेस्ट गर्नु परेको थियो । फिल्मको छायाङ्कन भइरहँदा अर्पणले स्थानीय पुरुषले लगाएका पहिरनमा पनि ध्यान दिएका रहेछन् । ‘रङ्गेली तिरका मान्छेले दैनिक रूपमा धोती लगाइरहेका हुन्छन् । धोतीलाई अलिकति पैसा भएका मान्छेले मात्र लगाउने लुगा लगाइने भन्ने हुँदो रहेछ, उनले अनुभव सुनाए ।
मान्छेहरू ग्याङस्टर किन बन्छन् त ? यसमा अर्पणको बुझाई अलिक फरक छ । ‘ग्याङस्टर बन्ने भन्दा पनि बनाउने हो । समाजले अथवा यदि म त्यो वातावरणमा बच्चैदेखि विकसित भइरहेको छु भने त्यो भन्दा बढी बाहिर सोच्दिनँ’ उनले थपे ‘फिल्मको भगवान् दादा पनि बिस्तारै आफ्नो इमेज छोडेर राजनीतिमा लागे जस्तै वास्तविक जीवनमा ग्याङस्टरले गर्ने त्यही हो ।’ नेपाल होस् या संसारको कुनैपनि कुनामा होस्, यो चलन रहेको उनले सुनाए ।
अर्पणले रङ्गेली हेर्दा दर्शक आफ्नो चरित्रमा ‘कनेक्ट’ हुने भन्दा पनि आफ्नो चरित्रको प्रभावमा ‘कनेक्ट’ हुने बताउँछन् । ‘म चाहिँ भाँडो अथवा गाडी जस्तो भएँ । जसमार्फत दर्शकलाई तलको परिवेश, बसाई, भोगाई, त्यहाँ लगिदिन्छु । म चाहिँ एउटा आधार हो’, अर्पण भन्छन् ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अर्पणको अलावा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण