शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मजदुर कुट्ने एसपीलाई कारबाही गर्न माग

बिहीबार, १७ फागुन २०८०, १८ : ०७
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । बुधवार साँझ काठमाडौँको सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गरेको छ । 

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विज्ञप्ति जारी गर्दै एसपी लामिछानेलाई कारबाही र सम्पूर्ण मजदुरहरूसँग काठमाडौँ महानगरपालिकाले माफी माग्नु पर्ने माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, 'मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्नुपर्दछ । र, काठमाडौँ महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नु पर्दछ ।' 

त्यस्तै घाइतेको उपचारको व्यवस्था गरिनुपर्ने, महानगर प्रहरीले जफत गरेका सामान फिर्ता गर्नुपर्नेलगायतका माग उनले गरेका छन् । 

महानगर प्रहरीका एसपी मनोज लामिछाने नेतृत्वको प्रहरीले बुधवार साँझ पौने ८ बजे सुन्धारामा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरेर आतङ्कित बनाएको अध्यक्ष राईले बताए । 

महानगर प्रहरीको यो बलजफती र बलमिच्याई गैरकानुनी रहेको बताउँदै समस्याको समाधान नगरिए महानगर विरुद्ध आन्दोलनमा उत्रने राईले चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप