ट्याक्टर चालकलाई धम्क्याउँदै पैसा माग्ने युवक पक्राउ
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ट्याक्टर चालकलाई धम्क्याएर पैसा उठाउने कार्यमा संलग्न एक जना युवक पक्राउ परेका छन् ।
उखु लोड रहेको ट्याक्टर रोकेर चालकसँग पैसा माग्ने कटहरिया २ वर्ष २२ का सुमन राय यादवलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।
उनी विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थमाई आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले बताए ।
बाराबाट उखु लोड गरी कटहरिया ८ स्थित बाबा बैजुनाथ चिनिमिल तर्फ गइरहेको ट्याक्टर कटहरिया ३ बिर्ती प्रष्टोका र हाथियाहि गाउँको बिचमा बुधवार राती ९ बजे आरोपी यादवले रोकेर जबर्जस्ती पैसा मागेका थिए ।
स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको कमाण्डमा गएको टोलीले यादवलाई पक्राउ गरी रातिनै इलाका प्रहरी कार्यालय गरुडा पठाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीलाई संकटबाट बाहिर ल्याउन सरकार कठोर हुनुपर्ने अवस्था आयो: मन्त्री रावल
-
बागमतीको बजेट बहुमतले पारित
-
शुक्लाफाँटामा ‘ग्रीन एण्ड क्लीन’ अभियान सुरु
-
सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री
-
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
-
मन्त्रालयको सङ्ख्या घटाउँदा रु २० अर्ब बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण