रिडी पावरले खुलायो हकप्रद सेयर
शुक्रबार, १८ फागुन २०८०, ११ : ५९
काठमाडौँ । आजदेखि रिडी पावर कम्पनीले हकप्रद सेयर जारी गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई आज १८ गतेदेखि हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेको हो । चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेसँगै कम्पनीको १०० कित्ता सेयर भएका सेयधनीले ५० कित्तामा आवेदन दिन सक्नेछन् ।
पावर कम्पनीले १०० रुपैयाँ मूल्य बराबरको ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर बिक्री खुलाएको हो । यो हकप्रद सेयरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तीनाथ क्यापिटल छ । हकप्रद जारी अघि भएको रेटिङमा कम्पनीले ‘डबल बी प्लस’ रेटिङ पाएको छ ।
पावरको हाल १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ चुक्ता पूँजी छ । चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा गत आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण