आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

साधारण सदस्य कायम रहेसम्म पार्टी छाड्दिन : खगराज भट्ट

शुक्रबार, १८ फागुन २०८०, १२ : २९
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । सुदूरपश्चिम माओवादी संसदीय दलका नेता र पार्टी जिम्मेवारीबाट हटाइएका नेता खगराज भट्टले साधारण सदस्य कायम रहेसम्म पार्टी नछाड्ने बताएका छन् । हावादारी तर्कमा विश्वास गर्नेले चलाएको हल्लामा कुनै सत्यता नभएको उनले स्पष्ट पारे ।

‘यो पार्टीमा हाम्रो रगत पसिना बगेको छ । जसले पार्टीको परिधिभन्दा बाहिर आफ्नो स्वार्थका लागि पटक पटक सीमा नाघेको छ । ती नै व्यक्तिले चलाएको हल्ला हो’, साधारण सदस्य प्रचण्डले राख्दासम्म यो पार्टी छोडेर जानेवाला छैन । पार्टी सदस्य नै कायम रहेन भने त्यसपछि केही भन्न सकिन्न’, शुक्रवार रातापाटीसँग उनले भने । 

अहिलेको समस्या प्रदेश इन्चार्ज वा माननीयसँग नभई पार्टी नेतृत्वसँग भएको र नेतृत्वको गलत प्रवृत्तिविरुद्ध आफूले बोल्न पनि छोड्दैन भट्टले बताए । बुधवार सम्पन्न माओवादी स्थायी समितिले सङ्घ र प्रदेशमा सांसद रहेकालाई पार्टीको जिम्मेवारी नदिने निर्णय गरेको थियो ।

सुदूरपश्चिममा संसदीय दलको नेतृत्व परिवर्तनको निर्णय पार्टीको पद्धतिगत दृष्टिले गल्ती भएको ठहर गरिएको थियो । सो निर्णयमा सहभागी नेताहरूको कडा आलोचना गर्दै आगामी दिनमा यस प्रकारका गल्ती नदोहोर्‍याउन सचेत गराउने निर्णयसहितको परिपत्र पठाएको छ ।

तर उनले पार्टीको परिपत्रलाई महाभारतमा धृतराष्ट्रले दुर्योधनलाई कारबाही नगरेको प्रसङ्गसँग जोडेका छन् । भर्खर सुदूरपश्चिमको इन्चार्ज भएका गिरिराजमणि पोखरेलले पार्टीको निर्णय मानेर जाऊँ भन्ने प्रस्ताव गरेको तर निर्णय मान्न नसकिने जवाफ दिएको उनले बताए ।

‘धृतराष्ट्रले दुर्योधनलाई कहिल्यै सजाय दिँदैन भनेजस्तै हो । हामी नाता गोता परेनौँ’, उनले भने, ‘इन्चार्जसँग बिहीबार कुरा भयो । पार्टीको निर्णय मानेर जाऊँ भन्नुभयो । मैले मान्दिन भने ।’

११ सदस्य संसदीय दलमा माघ १२ गते बहुमत सदस्यले भट्टलाई दलको नेताबाट हटाएर प्रमुख सचेतक मानबहादुर धामीलाई नेता बताएको थियो । त्यसअघि बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भट्टलाई हटाउनुपर्ने माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप