शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन : उपसभामुख राना

शुक्रबार, १८ फागुन २०८०, १८ : ३१
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताएकी छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताएकी हुन् । उनले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताइन् । उनले कुनैपनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने बताइन् । संसदबाट राम्रो कानुन र नीति निर्माण हुनुपर्ने उनले बताइन् । 

उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्नेमा जोड दिइन् । उनले विकास निर्माणको काममा विकट क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन् ।

उनले भनिन्,‘यहाँ जतिपनि प्रतिनिधि आउनुभएको छ, उहाँहरु जनताको प्रतिनिधि हो । अपोजिसन पार्टी र रुलिङ पार्टी मिलेर काम गर्नुपर्छ र जनताको हितमा काम गर्नुपर्छ । कुनै पार्टीगत स्वार्थ होइन । कोही बेला संसदप्रति कार्यपालिका हाबी, न्यायपालिका हाबी यस्तो तरिकाले देश बन्दैन । सबै जना मिलेर जनताको हितको लागि काम गर्नुपर्यो । राम्रो कानुन बन्नुपर्‍यो । राम्रो नीति निर्माण गर्नुप¥यो । जसको पावर छ, जसको बाहुल्यता छ, त्यहाँ मात्रै विकास जाने कुरा होइन । सबै ठाउँमा जानुप¥यो । विकटलाई पहिलो प्राथमिकता हुनुप¥यो भन्ने नै मेरो धारणा छ । मिटरब्याजी÷लघुवित्त पीडितको माग समयमै पूरा हुनुपथ्र्यो । हरेकले नियम, कानुन र अनुशासनमा रहनुपर्छ । निषेधित ठाउँमा नजानु भनेपछि जानु हुन्न उहाँहरु पनि । तर उहाँहरुलाई पीडा छ । भोक छ । भोको पेटले आदर्श भन्दैन । त्यसकारणले सरकारले संवेदनशील भएर उहाँहरुको मागलाई विचार गर्नुपर्छ । जनताले पनि निषेधित ठाउँमा जानु हुँदैन । कानुनलाई मान्नुपर्छ । अनुशासनलाई मान्नुपर्छ । सबैको यो जिम्मेवारी हो ।’

उपसभामुख रानाले लघुवित्त पीडितहरुको माग समयमै पुरा हुनुपर्ने उल्लेख गर्दै उनीहरु पनि आन्दोलनका क्रममा नियम, कानुन र अनुशासनमा बस्नुपर्ने बताइन् । उनले निषेधित ठाउँमा आन्दोलनकारी जानु नहुने धारणा राखिन् । उनीहरुको माग सम्बोधन गर्न सरकार संवेदनशील हुनुपर्ने उपसभामुख रानाको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप