कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन : उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपसभामुख रानाले संसदप्रति कार्यपालिका र न्यायपालिका हाबी भएमा देश नबन्ने बताएकी हुन् । उनले सत्तारुढ पार्टी र प्रतिपक्ष पार्टी मिलेर जनताको हितमा काम गर्नुपर्ने बताइन् । उनले कुनैपनि पार्टीगत स्वार्थमा काम गर्नु नहुने बताइन् । संसदबाट राम्रो कानुन र नीति निर्माण हुनुपर्ने उनले बताइन् ।
उपसभामुख रानाले शक्ति हुनेको ठाउँमा मात्रै विकास जाने कुरा नभई सबै ठाउँमा विकास जानुपर्नेमा जोड दिइन् । उनले विकास निर्माणको काममा विकट क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने बताइन् ।
उनले भनिन्,‘यहाँ जतिपनि प्रतिनिधि आउनुभएको छ, उहाँहरु जनताको प्रतिनिधि हो । अपोजिसन पार्टी र रुलिङ पार्टी मिलेर काम गर्नुपर्छ र जनताको हितमा काम गर्नुपर्छ । कुनै पार्टीगत स्वार्थ होइन । कोही बेला संसदप्रति कार्यपालिका हाबी, न्यायपालिका हाबी यस्तो तरिकाले देश बन्दैन । सबै जना मिलेर जनताको हितको लागि काम गर्नुपर्यो । राम्रो कानुन बन्नुपर्यो । राम्रो नीति निर्माण गर्नुप¥यो । जसको पावर छ, जसको बाहुल्यता छ, त्यहाँ मात्रै विकास जाने कुरा होइन । सबै ठाउँमा जानुप¥यो । विकटलाई पहिलो प्राथमिकता हुनुप¥यो भन्ने नै मेरो धारणा छ । मिटरब्याजी÷लघुवित्त पीडितको माग समयमै पूरा हुनुपथ्र्यो । हरेकले नियम, कानुन र अनुशासनमा रहनुपर्छ । निषेधित ठाउँमा नजानु भनेपछि जानु हुन्न उहाँहरु पनि । तर उहाँहरुलाई पीडा छ । भोक छ । भोको पेटले आदर्श भन्दैन । त्यसकारणले सरकारले संवेदनशील भएर उहाँहरुको मागलाई विचार गर्नुपर्छ । जनताले पनि निषेधित ठाउँमा जानु हुँदैन । कानुनलाई मान्नुपर्छ । अनुशासनलाई मान्नुपर्छ । सबैको यो जिम्मेवारी हो ।’
उपसभामुख रानाले लघुवित्त पीडितहरुको माग समयमै पुरा हुनुपर्ने उल्लेख गर्दै उनीहरु पनि आन्दोलनका क्रममा नियम, कानुन र अनुशासनमा बस्नुपर्ने बताइन् । उनले निषेधित ठाउँमा आन्दोलनकारी जानु नहुने धारणा राखिन् । उनीहरुको माग सम्बोधन गर्न सरकार संवेदनशील हुनुपर्ने उपसभामुख रानाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण