आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा ४ हजार २१३ वटा बाल दुर्व्यवहारका घटना

शुक्रबार, १८ फागुन २०८०, २० : १२
शुक्रबार, १८ फागुन २०८०

इस्लामावाद । पाकिस्तानमा सन् २०२३ मा कुल ४ हजार २१३ वटा बाल दुर्व्यवहार (यौन तथा अन्य) का घटनाहरू घटेका छन् । स्थानीय गैर-सरकारी संस्था साहिलले शुक्रबार जारी गरेको प्रतिवेदनमा यस बारे जानकारी दिइएको छ । 

ती घटनाहरू ८१ वटा राष्ट्रिय तथा क्षेत्रीयस्तरका पत्रपत्रिकामा उल्लेख गरिएका घटनाका आधारमा संस्थाले सङ्कलन गरेको तथ्याङ्कले गत वर्ष पाकिस्तानमा दैनिक करिब ११ जना बालबालिका दुर्व्यवहारको सिकार भएको देखाएको छ । जम्मा रिपोर्ट गरिएका घटनाहरू मध्ये २ हजार २५१, अथवा लगभग ५३ प्रतिशत पीडित बालिका भएको देखिएको छ भने १ हजार ९६१ जना अथवा करिब ४७ प्रतिशत बालकहरू दुर्व्यवहारको सिकार भएको पाइएको छ ।

पीडितहरूमध्ये  ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरू दुर्व्यवहारको सबैभन्दा बढी जोखिममा परेको पाइएको छ ।  तीमध्ये पनि केटीहरू बढी पीडित छन् ।

प्रतिवेदनले ५ वर्ष मुनिका बालबालिकाहरू पनि यौन दुर्व्यवहारको सिकार भएको देखाएको छ।  बढीजसो चिनजानका व्यक्तिहरूबाटै बाल यौन दुर्व्यवहार घटेको प्रतिवेदनले देखाएको छ। -(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप