नाभाल्नीको अन्त्येष्टिमा पुगेका समर्थकले भने, ‘पुटिनबाट रुस छिट्टै स्वतन्त्र हुनेछ’
मस्को । रुसका राष्ट्रपति भ्लादिमीर पुटनका सबैभन्दा कडा आलोचक एलेक्सी नाभाल्नीको अन्त्येष्टि गरिएको छ । १६ फेब्रुअरीमा जेलमै मृत्यु भएका नाभाल्नीको अन्त्येष्टि ढिला गरी शुक्रबार भएको हो ।
उनको अन्त्येष्टिमा उपस्थित भएर नाराबाजी नगर्न मस्को प्रशासनले चेतावनी नै दिएको थियो । तर, नाभाल्नीका धेरै समर्थकहरू गिरफ्तारीमा पर्ने डरका बिचमा पनि अन्त्येष्टिका लागि सहभागी भएका थिए ।
अन्त्येष्टि समारोहमा अमेरिका, फ्रान्स, जर्मनीलगायत देशका राजदूतले पनि नाभाल्नीलाई श्रद्धाञ्जली दिएका छन् । यसैगरी नाभाल्नीका आमाबाबुले मस्कोको चर्चमा अन्त्येष्टि समारोहमा भाग लिए । समर्थकहरूले ‘धन्यवाद नाभाल्नी’, ‘पुटिन बिनाको रुस’, ‘रुस छिट्टै स्वतन्त्र हुनेछ’ जस्ता नारा लगाएका थिए । यस अवधिमा सयौँ प्रहरी पनि तैनाथ गरिएको थियो । चर्च बाहिर उपस्थित मानिसहरू रोएर गुलाब र अन्य फूलहरू भित्र फालेका थिए ।
बीबीसीका अनुसार यस अवधिमा मस्कोका धेरै ठाउँमा मोबाइल र इन्टरनेट सेवाले राम्रोसँग काम गरिरहेको थिएन ।
न्युयोर्क टाइम्सले उक्त समारोहलाई प्रत्यक्ष देखाउने वेबसाइटलाई उद्धृत गर्दै अन्तिम बिदाइको समयमा करिब २ लाख ५० हजार मानिसले यसलाई अनलाइन हेरेको बताएको छ । जबकि युट्युबमा करिब १.५ लाख मानिसले अन्तिम संस्कारको सम्पूर्ण कार्यक्रम हेरे ।
गत फेब्रुअरी १६ मा पुटिन विरोधी नेता नाभाल्नीको जेलमै मृत्यु भएको थियो । उनको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । इन्डिपेन्डेन्ट रुसी अखबार नोभाया गजेटा युरोपले एक चिकित्सकलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा नाभाल्नीलाई अस्पताल ल्याउँदा उनको टाउको र छातीमा घाउ रहेको दाबी गरेको छ । रुसको सबैभन्दा खतरनाक जेल पोलर वुल्फमा नाभाल्नीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण